FLASH NEWS
  • Loading...

सर्वोच्चको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९५ पटक पढिएको
सर्वोच्चको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित

काठमाडौं-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय समितिका सदस्य महेश बर्तौलाको अनुसार संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सवालजवाफपछि कार्कीको नाम अनुमोदन गरिएको हो । योसँगै उनी अब प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गएको असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । प्रधानन्यायाधीशमा अनुमोदन भएका कार्कीले आउँसो साउन २० गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित