FLASH NEWS
  • Loading...

मुख्यसचिव शंकरदास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७४ पटक पढिएको
मुख्यसचिव शंकरदास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौं- निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैरागीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ अन्य मन्त्रीहरू सहभागी थिए । बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले असोजमा अवकाश हुन लागेका वैरागीलाई राजीनामा गर्न लगाएर मन्त्रीसरहको सुविधा दिने गरी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको थियो । भोलिबाट अनिवार्य अवकाशमा जाने तयारीमा रहेका वैकुण्ठ अर्याललाई भने सरकारले मुख्य सचिव बनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित