FLASH NEWS
  • Loading...

कांग्रेसका उपसभापति पूर्णबहादुरले पाए कार्यवाहक सभापतिको जिम्मेवारी

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११९ पटक पढिएको
कांग्रेसका उपसभापति पूर्णबहादुरले पाए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा नै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइयो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिए । सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित