FLASH NEWS
  • Loading...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७८ पटक पढिएको
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। उनको मुटुमा समस्या देखिएपछि मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो । उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भएको थियो। करिब दुई हप्ता लामो उपचार पछि राष्ट्रपति पौडेल वैशाख १८ गते स्वदेश फर्केका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित