FLASH NEWS
  • Loading...

निःशुल्क बस क्यान्सर अस्पताल बिरामीका लागि

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


भक्तपुर—क्यान्सरका बिरामीलाई उपचारका लागि सहज रुपमा आउने–जाने व्यवस्था गर्न भक्तपुर क्यान्सर अस्पतालले शनिबारदेखि निःशुल्क बस सेवा सुरु गरेको छ ।
अस्पतालले बिहान ५.३० देखि साँझ ८.३० बजेसम्म दुईवटा बसबाट बिरामी ल्याउन र लाने व्यवस्था गर्दै यातायात सेवा सुरु गरेको हो ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि सेवा दिने उद्देश्यले सञ्चालन गरेको बस सेवा लिन बिरामी वा त्यसको कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनुपर्ने व्यवस्था गरेको छ ।
अस्पताल प्रशासन शाखाका अधिकृत राजाराम तजलेकाअनुसार अस्पतालबाट  बिहान ५.३० बजे पहिलो ट्रिप बस बिरामी लिनका लागि छुट्छ भने बिहान ७.२५ बजे बिरामी लिएर बस आइपुग्छ ।
दोस्रो ट्रिप ११.३० बजे छुटेर १२.३० बजे आउने, तेस्रो ट्रिप १.३० बजे छुटेर २.३० बजे आउने र चौथो ट्रिप साँझ ६.३० बजे छुटेर ८.३० बजे फर्कने गरी बस सेवा सञ्चालन गरेको छ ।
भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडीबुटी, कोटेश्वर मुनीभैरब मन्दिर अगाडिबाट फर्केर पुनः बिरामी र कुरुवा बोक्दै भक्तपुर फर्कने गर्दछ ।
त्यसैगरी बिहान ७.३० बजे छुट्ने बस ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै पुनः टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, शिक्षण अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहबिल, मित्रपार्क, गौशाला, एअरपोर्ट, सिनामंगल, कोटेश्वर, जडीबुटी, ठिमी, सल्लाघारी हँ’दै बिहान ९.३० बजे अस्पताल आइपुग्ने गरी यातायात सञ्चालन गरेको छ ।
अस्पतालले बिरामी र कुरुवाका लागि दुईवटा बस सञ्चालनमा ल्याएर उपचारमा आउनेलाई यातायातको सहज व्यवस्था गरेको र आवश्यकताअनुसार यो सेवालाई थप विस्तार गर्दै लैजाने जनाएको छ ।
पहिलो रुट नं ‘ए’को बस प्रत्येक दुई घन्टामा अस्पतालबाट आहोरदोहोर गर्ने र रुट नं ‘बी’ को बस भने बिहान र अपराह्न दुईपटक बिरामी ल्याउने र लाने व्यवस्था गरेको हो । उपचारका लागि अस्पताल आउने बिरामीलाई सार्वजनिक यातायातमा सकस हुने भएपछि अस्पतालले बिरामीको सेवालाई ध्यानमा राखेर निःशुल्क बस सेवा सुरु गरेको हो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित