FLASH NEWS
  • Loading...

राष्ट्रियसभा सदस्यले लगाए प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राष्ट्रघाती नीति अवलम्वन गरेको आरोप

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२८ पटक पढिएको
राष्ट्रियसभा सदस्यले लगाए प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राष्ट्रघाती नीति अवलम्वन गरेको आरोप

काठमाडौं— राष्ट्रियसभा सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा राष्ट्रघाती नीति अवलम्वन गरेको आरोप लगाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बारेमा जानकारी गराएपछि प्रश्न गरेका सांसदहरूले सीमाको विषय र ऊर्जाको विषयमा राष्ट्रघात हुने गरी कुराहरू उठेको बताए ।

सांसद भवगती न्यौपानेले भारत भ्रमण जानुभन्दा अगाडि राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराएर प्रम प्रचण्डले नागरिकता विधेयक कोसेली लिएर भारत गएको आरोप लगाइन् । उनले ऊर्जा सम्झौता गर्दा फुकोट कर्णाली पनि भारतलाई सुम्पिनु राष्ट्रघात नीति भएको भन्दै चुक्ने र झुक्ने किन भयो भन्ने प्रश्न गरिन् ।

सांसद इन्दिरादेवी गौतमले पनि फुकोट कर्णाली हाइड्रो बनाउने सहमति भएको हो भने के सहमति भएको होरु नेपालले पानी कति प्राप्त गर्छरु भन्दै प्रश्न गरिन् । उनले व्यापार सन्धिको विषयमा समेत प्रश्न उठाइन् ।

यस्तै, सांसद रामचन्द्र राईले भारतीय संसद् भवनमा राखिएको नक्सामा नेपालको भूभाग राखिएको भन्दै यसमा कहिले स्पष्टीकरण सोध्ने भन्दै प्रश्न गरे ।

अर्का सांसद अनिता देवकोटाले भने सार्कको भविष्य के भयोरु शिखर सम्मेलन कहिले, कहाँ हुन्छरु भारतका प्रधानमन्त्रीसँग कुरा के भयो भन्दै प्रश्न गरिन् । उनले नयाँ एयर रुट र कालापानीबाट भारतीय सैनिक हटाउने कुरा के भयोरु अरु सीमा विवादमा कुरा के भयो भन्दै प्रश्न उठाइन् ।

सांसद जितेन्द्रनारायण देवले भने भारत भ्रमण युगान्तकारी र ऐतिहासिक भएको भन्दै प्रशंसा गरे । अर्का सांसदद्वय सारदादेवी भट्ट र भैरवसुन्दर श्रेष्ठले लिपुलेक, कालापानी साटेर बंगलादेशसँग जाने मार्गको विषय के हो भन्दै प्रश्न उठाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित