FLASH NEWS
  • Loading...

भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित होइनः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९८ पटक पढिएको
भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित होइनः ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा मुरल राख्नु उचित नभएको बताएका छन् ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताए। अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जानेरु’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित