FLASH NEWS
- Loading...
न त छलेर छल्नै सकियो : उषा शेरचन
- गोल्डेन खबर
- १ साल अघि
- ६८२ पटक पढिएको
१
न त छलेर छल्नै सकियो
न त ढाँटेर ढाँट्नै सकियो
आफ्नै मनको अदालतबाट
न त भागेर भाग्नै सकियो ।
२
भित्रभित्रै ढलिरहेकी छु म
भित्रभित्रै गलिरहेकी छु म
देखिँदैन ऊष्णता कतै, तर
भित्रभित्रै जलिरहेकी छु म !
३
बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ
हराए पनि खुसीहरू फेरि पलाउँछ
नआत्तिनु अँध्यारोसँग यसरी, आज
अस्ताए पनि घाम भोलि फेरि उदाउँछ!
मुक्तक: उषा शेरचन
१%
प्रतिक्रिया दिनुहोस