FLASH NEWS
  • Loading...

नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको प्रकरणमा मुद्दा चलाउने निर्णय

  • गोल्डेन खबर
  • १ साल अघि
  • २२३ पटक पढिएको
नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको प्रकरणमा मुद्दा चलाउने निर्णय

काठमाडौं— काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शरणार्थी बनाएर अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा अनुसन्धान गरी प्रहरीले पेश गरेको प्रतिवेदनमा मुद्दा चलाउने निर्णय गरेको छ।

कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनमा ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूर मुद्दा चलाउने निर्णय भएको र दर्ता गर्न लागेको जानकारी दिएका हुन्।

‘प्रतिवेदनमा मुद्दा चलाउने निर्णय भएको छ। केहीबेरमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्न जाँदैछौं,’ उनले सेतोपाटीलाई भने। उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो। नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो। यस प्रकरणमा प्रहरीले १२ जनाभन्दा बढीलाई फरार प्रतिवादी बनाएको छ।

पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित