FLASH NEWS
  • Loading...

भ्रष्टाचारीलाई कानुनी कारबाही नगरे राप्रपाले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्नेछः शाही

  • गोल्डेन खबर
  • १ साल अघि
  • २३८ पटक पढिएको
भ्रष्टाचारीलाई कानुनी कारबाही नगरे राप्रपाले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्नेछः शाही

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सो कुरा बताएका हुन् । शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताए । उनले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गरे । ट्रेड युनियनहरूकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित