FLASH NEWS
- Loading...
उपनिर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि
- गोल्डेन खबर
- १ साल अघि
- २१३ पटक पढिएको
काठमाडौं । उपनिर्वाचन हुने स्थानमा बिहीबार रातिदेखि मौन अवधि शुरु हुने भएको छ ।
तनहुँ १, चितवन २ र बारा २ मा प्रतिनिधिसभाको रिक्त सदस्य पूर्तिको लागि वैशाख १० गते उपनिर्वाचन हु्ँदैछ । ती ठाउँमा बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरु हु्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिनुभएको छ ।
‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ, त्यसपछि मौन अवधि शुरु हुन्छ प्रचार गर्न पाइँदैन’ उहाँले भन्नुभयो ।
आयोगले हरेक निर्वाचनमा मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसार रोक्ने नियम बनाएको छ
प्रतिक्रिया दिनुहोस