- Loading...
राष्ट्रपति पौडेलको एम्स अस्पतालमा उपचार हुँदै
- गोल्डेन खबर
- १ साल अघि
- २४३ पटक पढिएको
काठमाडौं । भारत लगिएको राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ दिल्लीमा उपचार शुरु भएको छ । राष्ट्रपति पौडेललाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा भर्ना गरेर उपचार थालिएको हो ।
छातीको समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएका राष्ट्रपति पौडेललाई थप उपचारको लागि बुधबार बिहान साढे १० बजे श्री एयरलाइन्सको एम्बुलेन्सबाट दिल्ली लगिएको हो ।
उहाँले विगतमा पनि एम्स अस्पतालमा उपचार गराएको र त्रिवि शिक्षण तथा एम्स अस्पतालको चिकित्सकहरुको परामर्श अनुसार उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि दिल्ली लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चिकित्सकहरुले राष्ट्रपतिको छातीमा देखिएको संक्रमण कम नभएकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएका थिए । लामो समय औषधि सेवन गर्दा पनि राष्ट्रपतिको छातीमा संक्रमण कम नभएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।