FLASH NEWS
- Loading...
मुद्रण विधेयक पुनर्विचार गर्न प्रस्ताव
- गोल्डेन खबर
- १ साल अघि
- ४१५ पटक पढिएको
काठमाडौं। प्रतिनिधिसभामा आज मुद्रण विधेयक पुनर्विचार हुनेभएको छ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची छ ।
बैठक दिउँसो १ बजेदेखि बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्व सांसद् तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस