- Loading...
कोरोनाले फेरि एक जनाको मृत्यु
- गोल्डेन खबर
- १ साल अघि
- २५० पटक पढिएको
काठमाडौं । कोरोना भाइरस संक्रमणले मंगलबार एक जनाको मृत्यु भएको छ । कोरोनाको कारण कारण ३ महिनापछि फेरि मृत्यु शुरु भएको हो ।
वीर अस्पतालमा उपचाररत ७८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । त्यसपछि भने कोरोनाबाट मत्यु हुने क्रम रोकिएको थियो । मंगलबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमूनामध्ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९ सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण भेटिएको छ ।कोरोनाको संक्रिय संक्रमित ४ सय ६९ पुगेको छ ।
काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् । ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
मंगलबार ४८ जना कोरोनालाई जितेर भएर घर फर्किएका छन् ।
संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।