- Loading...
पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विजयी
- गोल्डेन खबर
- १ साल अघि
- ११० पटक पढिएको
काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका बागी उम्मेदवार विजयी भएका छन् । स्ववियु सभापतिमा सत्ता गठबन्धन प्यानलबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका सुशील विष्ट विजयी हुनुभएको हो ।
शनिबार सम्पन्न मत परिणामअनुसार बिष्ट १ सय ६९ मतान्तरसहित स्ववियु सभापतिमा विजयी हुनुभएको छ । बिष्टले ८ सय ४१ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गते नै हुनुपर्ने स्ववियु निर्वाचन रोकिएको थियो । नेविसंघका एकाइ उपाध्यक्ष समेत रहनुभएका बिष्ट उम्मेदवार चयनमा सहमति नभएपछि स्वतन्त्र रुपमा उठ्नु भएको हो ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले स्ववियु सभापतिमा शुरुमा बिष्टलाई नै टिकट दिनुभएको थियो । तर पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि त्यहाँ नेविसंघ दुई समूहमा विभाजन भएको हो ।