FLASH NEWS
  • Loading...

गणतन्त्र जोगाउन गठबन्धन: पूर्व प्रधानमन्त्री नेपाल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७२ पटक पढिएको
गणतन्त्र जोगाउन गठबन्धन: पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताउनुभएको छ ।

बाराको सिम्रौनगढको कचोर्वामा आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको विस्तारित बैठकमा उहाँले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्नका लागि दुईपल्ट सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खाजेको आरोप लगाउनुभयो ।

किसान अर्थतन्त्रको आधारशिला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिनुभयो । सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उहाँले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताउनुभयो ।

नेपालका युवाले विदेशमा गएर कृषिको काम गर्नुपर्ने बाध्यता सिर्जना भइरहेको हुँदा नेपालमा नै युवालाई कृषिमा रोजगारीको ग्यारेण्टी गर्न सरकारले गृहकार्य सुरु गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले मिटरब्याजीका कारण कतिपय व्यक्ति घरवारविहीनको अवस्थामा पुगेका र कतिपयले ज्यानसमेत गुमाएको हुँदा मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित