FLASH NEWS
  • Loading...

कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक

  • गोल्डेन खबर
  • १ साल अघि
  • २१७ पटक पढिएको
कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक


काठमाडौं । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १,१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।

चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताउनुभयो ।

भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १,१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उहाँको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउनुहुन्छ । “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उहाँले भन्नुभयो, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उहाँले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उहाँको भनाइ छ ।

नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १।१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित