FLASH NEWS
  • Loading...

कुँवरले मारे आईजीपीमा फड्को

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७१ पटक पढिएको
कुँवरले मारे आईजीपीमा फड्को


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बसन्त कुँवर बन्नु भएको छ । सरकारले कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले एआइजी कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ । एआइजीमा पहिलो नम्बरमा रहनु भएका कुँवरलाई सरकारले वरिष्ठता र मूल्यांकनको आधारमा आईजीपी नियुक्त गरेको हो ।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कुँवर अङ्क तालिकामा १ नम्बरमा हुनुहुन्थ्यो । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने अवस्था कानूनी आधार छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित