FLASH NEWS
  • Loading...

छोरीभन्दा छोरा बढी जन्मिए

  • गोल्डेन खबर
  • १ साल अघि
  • २६५ पटक पढिएको
छोरीभन्दा छोरा बढी जन्मिए


काठमाडौं । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव ८ प्रतिशत र छोरी ४७ दशमलव ३ प्रतिशत जन्मिएको पाइएको हो ।

जनगणनाअनुसार एक वर्षको बीचमा कूल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका थिए । जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ९ सय ६९ बच्चा जन्माएका छन् । नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३ प्रतिशत छ । एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक प्रतिशत छन् भने ९ वा त्यो भन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ । जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ ।

राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्ति ३४ दशमलव ४ प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्ति २२ दशमलव ३ प्रतिशत छन् ।

दशवर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह

राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन प्रतिशत छन् । १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन् । समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ । जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ ।

मातृ मृत्युदर १५१ मा
कूल प्रजनन उमेर समूह (१५–४९ वर्ष० का १२ हजार ९ सय ७६ महिला मृत्युमध्ये ६ सय ५३ जना ५ प्रतिशत( को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । तीमध्ये ६ सय २२ जना ९५ प्रतिशत( को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ ।

त्यस उमेर समूहबाट कूल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ । जसअनुसार मातृमृत्यु दर १ सय ५१ जना (प्रति लाख जीवित जन्ममा( रहेको नतिजाले देखाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित