FLASH NEWS
- Loading...
प्रधानमन्त्री दाहाल विश्वासको मत जुटाउँदै
- गोल्डेन खबर
- २ साल अघि
- १०३ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीय संसदमा विश्वासको मत जुटाउन सक्रिय भइरहनु भएको छ । प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिने कार्यक्रम छ ।
प्रधानमन्त्रीले त्यसको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवाको बास स्थान धुम्बाराही पुगेर विश्वासको मत दिन आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री दहाललले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि टेलिफोन संवादको साथै भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आउनु भएको छ ।
दाहाल एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस