FLASH NEWS
  • Loading...

सामाखुशीको पेट्रोलपम्पमा आगलागी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
सामाखुशीको पेट्रोलपम्पमा आगलागी

काठमाडौं । सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्पमा आगलागी भएको छ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो।

एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो। क्षतिको विवरण भने आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित