- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
सुकुम्बासीसँग मन्त्री चौधरीको प्रतिवद्धता : व्यवस्था नहुन्जेल घर भाडा सरकारले दिन्छ
- गोल्डेन खबर
- २ साल अघि
- १६९ पटक पढिएको

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्प सहित समाधान खोजिने बताएका छन्।
सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नै पर्छ। हामी विकल्प खोज्दै छौँ। म पनि किसानको छोरा हुँ। सुकुम्बासीका समस्या बुझेको छु। तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु। तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस्।’
सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो।
मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठूला परिवारको लागि ठाँउको खोजि गरि घर बनाउन सुरु गर्ने बताए। व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो।