FLASH NEWS
  • Loading...

बारा बस दुर्घटना : मृतक १७ पुग्यो, सबैको सनाखत

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९५ पटक पढिएको
बारा बस दुर्घटना : मृतक १७ पुग्यो, सबैको सनाखत

काठमाडौं। बाराको अमलेखगंजमा बिहिबार भएको बस दुर्घटनामा जीवन गुमाउनेको संख्या १७ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुने अन्य सबैको सनाखत भइसकेको छ ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । मृत्यु हुनेमा हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।

चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर, बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी छन् ।

घाइतेको हेटौँडा, चितवन तथा काठमाडौंमा उपचार जारी रहेको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित