FLASH NEWS
  • Loading...

दशैंमा देशभर भारी वर्षा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११५ पटक पढिएको
दशैंमा देशभर भारी वर्षा

काठमाडौं । दशैमा काठमाडौँ उपत्यकासहित देशभर भारी वर्षा भइरहेको छ। देशको अन्य ठाउँको तुलनामा पश्चिमी भागमा बढी पानी परेको जल तथा मौसम विभागले जनाएको छ ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ।

आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ। वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ। १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ।

“उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३र४ बजेतिर पानी रोकिन्छ” उहाँले रासससँग कुरा गर्दै भनिन्, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुँदैन। मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ।” उनले यो प्रक्रिया अझै २र३ दिन रहने जानकारी दिँदै भनिन्, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ। यो प्रक्रिया अझै २र३ दिनसम्म रहन्छ। यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ।”

उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित