FLASH NEWS
  • Loading...

प्रहरीले चुनावको लागि एक हजार पेस्तोल माग्यो

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२३ पटक पढिएको
प्रहरीले चुनावको लागि एक हजार पेस्तोल माग्यो


काठमाडौं । नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि एक हजार थान पेस्तोल माग गरेको छ। नेपाली सेनालाई पत्र पठाउँदै प्रहरी प्रधान कार्यालयले एक हजार थान पेस्तोल माग गरेको हो।

हरेक मतदान केन्द्रमा जुनियर अधिकृतका लागि साना हतियार ९पेस्तोल० आवश्यक पर्ने भए पनि प्रहरीसँग अपुग भएपछि सेनासँग सापटी मागिएको प्रहरी प्रधान कार्यालय उच्च श्रोतले जनाएको छ।

‘हामीले अपुग हतियार सेनासँग सापटी माग गरिसकेका छौं, सेनाबाट आउन बाँकी छ। निर्वाचनका लागि ती हतियार अतिआवश्यक हो’, ती अधिकारीले भने।

यसअघि स्थानीय तहको निर्वाचनमा पनि प्रहरीले सेनासँगै माग गरेर चलाएको थियो। त्यतिबेला पनि प्रहरीले एक हजार वटा पेस्तोल सेनाका चलाएको थियो। निर्वाचन सकिएसँगै हतियार सेनालाई नै फिर्ता गरिएको थियो।

यसपटक पनि चुनावपछि फिर्ता गर्ने गरी प्रहरीले माग गरेको हो। नेपाल प्रहरीले पेस्तोलसहितका अत्यावश्यक गोलीगट्ठा खरिद गर्ने तयारी गरेको भएपनि विवाद भएपछि खरिद रोकिएको छ।

अहिले प्रहरीसँग कतिपय हतियारका गोली सकिएका छन्। भीड नियन्त्रणका लागि आवश्यक अश्रुग्यास लगायत विस्फोटक पदार्थको म्याद सकिएको छ। भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नु परे प्रहरीले म्याद नाघेका नै प्रयोग गर्नु पर्ने अवस्था रहेको ती अधिकारीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित