FLASH NEWS
  • Loading...

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२६ पटक पढिएको
दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते


काठमाडौं । दाङमा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए।

‘दुई जनाको मृत्यु भन्ने जानकारी आएको छ। त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नुपर्छ। कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरीसँगै गइरहनुभएको छ। अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ।’

त्यो ठाउँमा फोन सम्पर्कसमेत नभएको डीएसपी गौतमले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित