FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
बानेश्वर प्लाजापछि काठमाडौं मह र आरबी कम्प्लेक्समा डोजर चल्यो
- गोल्डेन खबर
- २ साल अघि
- १७९ पटक पढिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान तीव्र पारेको छ।
दुई दिनअघि बानेश्वर प्लाजाबाट थालिएको अभियानलाई महानगरले बुधबार काठमाडौं मलअगाडिको संरचना भत्काएर निरन्तरता दियो। सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना भत्काएपछि मेयर बालेन शाह खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगे।
त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिएका छन्। पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किएका छन्।
मेयर शाहको निर्देशनसँगै त्यहाँ बनाइएका अन्य संरचना पनि महानगरको टोलीले भत्काएको छ। नक्सा पासबिना बनाइएका अन्य टहरा र संरचना महानगरको डोजरले भत्काएर खाली गरेको हो।
प्रतिक्रिया दिनुहोस