- Loading...
प्रधानमन्त्री देउवा र ओलीबीच वालुवाटारमा गहन वार्ता
- गोल्डेन खबर
- २ साल अघि
- ८७ पटक पढिएको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । नेपाली कांग्रेस सभापति समेत रहेका देउवा र ओलीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गहन वार्ताभएको हो ।
एमाले अध्यक्ष ओली एमाले उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेललाई लिएर प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ओली, नेम्वाङ र पौडेलबीच बालुवाटारमा करिब २ घन्टा वार्ता चलेको थियो। ओली सर्ट र पाइन्ट लगाएर बालुवाटार पुगेका थिए। समसामयिक राजनीतिका विषयमा छलफल गर्न ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जानकारी दिएको छ। ओलीको सचिवालय सदस्य रामशरण बजगाँईले भने, ‘समसामयिक विषयमा छलफल भएको छ।’
एकातर्फ आगामी आम निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन्। अर्कोतर्फ ओली बालुवाटार पुगेर सत्य निरुपण, नागरिकता विधेयक लगायतका समसामयिक विषयमा देउवालाई सचेत गराएका छन्। नागरिकता विधेयकको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच द्धन्द्ध भइरहेको बेलामा ओली बालुवाटार पुगेका हुन्।
ओली र देउवाबीचको बुधबारको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। दुई उपाध्यक्षसहित ओली बालुवाटार पुगेर २ घन्टा वार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।