FLASH NEWS
  • Loading...

नागरिकता विधेयकपछि प्रतिनिधिसभा बैठक बस्दै

  • गोल्डेन खबर
  • २ साल अघि
  • १३६ पटक पढिएको
नागरिकता विधेयकपछि प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौं । नागरिकता विधेयकको विरोध भइरहेकै बेला प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ।

प्रतिनिधिसभाबाट शुक्रबार नागरिकता विधेयक पारित भएपछि सत्तारुढ दलकै कतिपय नेता र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित साना राजनीतिक दलले त्यसको विरोध गरिरहेका छन् । नागरिकता विधेयक पारित भएपछि प्रतिनिधिसभा बैठक पहिलोपटक बस्न लागेको हो। आजको बैठकमा एमाले सांसदहरु कस्तो रुपमा प्रस्तुत होला्न ? चासोको विषय बनेको छ ।

बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमाशिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने कार्यसूची छ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६’ प्रस्ताव गर्नु हुने भएको छ । बैठकमा ‘कारागार विधेयक, २०७८’ पनि प्रस्ताव गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभएको छ ।

आजको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित