FLASH NEWS
  • Loading...

सदनलाई प्रभावकारी बनाउन मद्दत गर्छु : उपसभामुख

  • गोल्डेन खबर
  • २ साल अघि
  • ११३ पटक पढिएको
सदनलाई प्रभावकारी बनाउन मद्दत गर्छु : उपसभामुख


काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन मद्दत गर्ने बताउनुभएको छ ।

उपसभामुख पुष्पा भुसाल आइतबार पद तथा गोपनीयताको शपथ लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

‘उपसभामुख भएपछि जिम्मेवारी बढेको महशुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछुु’ पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो- चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु।’

उपसभामुख भुसाललाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियो। भुसाल १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित