FLASH NEWS
  • Loading...

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मनोनयन

  • गोल्डेन खबर
  • २ साल अघि
  • ८९ पटक पढिएको
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज मनोनयन

काठमाडौं । प्रतिनिधिसभाको ३ वर्षदेखि रिक्त उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ। त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएको हो।

बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसक्नु भएको छ। उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे शुरु गर्ने कार्यक्रम छ।

उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने संसद सचिवालयले जनाएको छ। तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली छ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बन्नुभएको थियो । संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उहाँले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिनुभएन। शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ। एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्। उपसभामुखमा नेपाली कांग्रेसले पुष्पा भुसाललाई उठाउने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित