FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे
- गोल्डेन खबर
- २ साल अघि
- २०६ पटक पढिएको

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। प्रदर्शनकारीले निवास कब्जा गरेपछि राष्ट्रपति राजपाक्ष सेनाको विमानबाट भागेका हुन् ।
बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय समयमा उनी माल्दिभ्स पुगेका हुन्। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासनअन्त्य भएको छ।
प्रदर्शनकारीले शनिबार राष्ट्रपति निवास कब्जा गरेपछि राजपाक्ष लुक्दै आएका थिए। उनले बुधबार राजीनामा दिने घोषणा गरेका थिए। यसअघि श्रीलंकाबाट दुबई भाग्ने प्रयास भने सफल हुन सकेको थिएन।
देश छाडेर भाग्ने श्रीलंकाली राष्ट्रपतिको प्रयास असफल, विमानस्थलबाटै फर्किन बाध्य राष्ट्रपतिका भाइ तथा अर्थमन्त्री बासिल राजपाक्ष पनि देश छाडेर भागेका छन्। उनी अमेरिका प्रस्थान गरेको समाचारमा बताइएको छ।
प्रतिक्रिया दिनुहोस