FLASH NEWS
  • Loading...

चिनियाँ नेता जियानचाओ र प्रचण्डबीच आज भेटवार्ता हुँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९६ पटक पढिएको
चिनियाँ नेता जियानचाओ र प्रचण्डबीच आज भेटवार्ता हुँदै

|lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] g]kfndf sf7df8f}F, @^ c;f/ M lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] cfOtaf/ g]kfnsf] rf/ lbg]] ed|0fsf qmddf lqe'jg cGt//fli6«o ljdf:yndf cfOk'Ug' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । ५ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्दैछन् । उनले प्रचण्डसँग अपराह्न चार बजे खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् । सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित