- Loading...
चिनियाँ कम्युनिस्ट पार्टीका नेता जियान्चाओ काठमाडौंमा, आजैदेखि भेटवार्ता शुरु
- गोल्डेन खबर
- २ साल अघि
- ९४ पटक पढिएको
|lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] g]kfndf sf7df8f}F, @^ c;f/ M lrlgofF sDo'lgi6 kf6L{ -l;lk;L_ sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] cfOtaf/ g]kfnsf] rf/ lbg]] ed|0fsf qmddf lqe'jg cGt//fli6«o ljdf:yndf cfOk'Ug' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुग्नु भएको छ । सीपीसी विदेश विभाग प्रमुख लिउ ४ दिने भ्रमणको लागि आइतबार काठमाडौं आउनु भएको हो ।
सीपीसीका वरिष्ठ नेता लिउ ६ सदस्यीय चिनियाँ टोलीसहित एअर चाइनाको विमानबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो ।
चिनियाँ नेता लिउलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताहरुले स्वागत गर्नुभएको छ ।
लिउले आजैदेखि उच्चस्तरीय भेटवार्ता शुरु गर्नुहुने भएको छ । लिउले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
लिउले मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । लिउले अध्यक्ष ओलीसँग मंगलबार बिहान उहाँकै निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँगको संवादपछि लिउले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ ।