FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
श्रीलंकामा राष्ट्रपति भागे, निवास प्रदर्शनकारीको कब्जामा
- गोल्डेन खबर
- २ साल अघि
- १८९ पटक पढिएको

काठमाडौं । श्रीलंकामा आर्थिक संकटले जीवन अस्तव्यस्त भएपछि राष्ट्रपति निवास छाडेर भाग्नु परेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।
प्रदर्शनकारीहरु राष्ट्रपति गोताबाय राजापाक्षेको राजीनामा माग्दै राष्ट्रपति भवनमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ब्यारिकेड तोडेर कोलम्बो फोर्टस्थित राष्ट्रपति भवन कब्जामा लिएका हुन्।
विशाल संख्या प्रदर्शनकारी भवनमा पसेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएका छन्। प्रहरीले अश्रुग्यास र पानीतोप प्रहार गरेर उनीहरुलाई रोक्ने प्रयास गरेको छ। कम्तीमा ३० घाइते भएको जनाइएको छ।
उता राष्ट्रपति गोताबाय राजापाक्षे भने त्यसअघि नै भागेको रक्षा स्रोतलाई उधृत गर्दै एएफपीले जनाएको छ। राष्ट्रपति भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंगेले आपतकालीन मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रतिक्रिया दिनुहोस