FLASH NEWS
  • Loading...

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा पाण्डे

  • गोल्डेन खबर
  • २ साल अघि
  • १२८ पटक पढिएको
एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पूर्वमन्त्री सोमप्रसाद पाण्डे चयन हुनुभएको छ। बुटवलमा शनिबार सम्पन्न प्रदेश कमिटीको बैठकले पाल्पाका पाण्डेलाई अध्यक्षमा चयन गरेको हो।

पाण्डे पाल्पा क्षेत्र नम्बर २ का संघीइ सांसद समेत हुनुहुन्छ । उहाँ लुम्बिनीमा प्रभावशाली नेता मानिनुहुन्छ । यसअघि एकीकृत समाजवादीको लुम्बिनी अध्यक्ष मेटमणि चौधरी हुनुहुन्थ्यो । चौधरी शहरी विकासमन्त्री भएपछि पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो।

बैठकमा मन्त्री चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिनुभयो। प्रदेश सचिव गुरुङले पार्टीको रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी छोड्नु भएको छ। एकीकृत समाजवादीले अविराम विकलाई जिल्ला अध्यक्ष बनाएको छ। विक यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो ।

यसैगरी रुपन्देही जिल्ला उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले आफ्नो पदीय जिम्मेवारी छोड्नु भएको छ। लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि भट्टराईले जिल्ला उपाध्यक्ष छोड्नु भएको हो। जिल्ला उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीष, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन हुनुभएको छ ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई संघ र प्रदेशसभा निर्वाचनको तयारीमा सशक्त ढंगले जुट्न निर्देशन दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित