FLASH NEWS
  • Loading...

बूढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवार अगाडि

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९३ पटक पढिएको
बूढीगंगाको मेयर र उपमेयरमा एमाले उम्मेदवार अगाडि

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार फराकिलो अन्तरसहित अगाडि छन् ।

बूढीगंगामा अहिलेसम्म ४ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १,२, ९ र १० को गणना सकिएको हो । यी ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४ वटा वडा गन्दा र मेयर र उपमेयर एमाले उम्मेदवारले अग्रता लिएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँले फराकिलो अन्तरले अग्रता लिएका छन्। बानियाँले मतगणनाको शुरुवातदेखि नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएका हुन् । ३६४८ मत गणना सकिंदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् । कांग्रेसका रंगबहादुर खातीले १२३९ मतसहित पछ्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का कुवँरले २१७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतसहित पछ्याइरहेकी छन्

वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४ सय १६ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३ सय ५० मत पाएका छन् ।

वडा नम्बर ९ मा एमालेकै मीनबहादुर सिंह ४ सय ९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २ सय ९३ मत ल्याए ।

वडा नम्बर १० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् ।

वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् । उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मत मात्रै प्राप्त गरे

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित