FLASH NEWS
- Loading...
जापानका पूर्व प्रधानमन्त्रीलाई गोली हानियो
- गोल्डेन खबर
- २ साल अघि
- २०२ पटक पढिएको

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली हानिएको छ । पूर्व प्रधानमन्त्री आबेमाथि नारा शहरमा कार्यक्रममा भाषण गरिरहेकै बेला गोली हानिएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।
घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको बताएका छन्। गोली कसले किन हान्यो ? भन्ने खुलेको छैन।
६७ वर्षीय शिन्जो आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन्। आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए। आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो।
प्रतिक्रिया दिनुहोस