FLASH NEWS
- Loading...
अर्थमन्त्रीबारे छानविन गर्न ११ सदस्यीय समिति गठन गर्ने सहमति
- गोल्डेन खबर
- २ साल अघि
- १४२ पटक पढिएको
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिन हुनुपर्ने माग गरेपछि संसदीय समिति ११ सदस्यीय गठन गर्ने सहमति भएको हो ।
संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहनेछन् । नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट दुई सदस्य रहनेछन् । यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एकरएक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको हो ।
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।
दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस