FLASH NEWS
- Loading...
जसपाले प्रदेश सांसदसहित २ नेतालाई पार्टीबाट निकाल्यो
- गोल्डेन खबर
- २ साल अघि
- १३५ पटक पढिएको
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सांसदसहित २ नेतालाई पार्टीबाट निकालेको छ ।
जसपाको महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशलकुमार यादवलाई पार्टीबाट निष्कासन गरेको हो ।
यादवद्वयलाई स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको हो । दुवै जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) का प्रदेश सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस