FLASH NEWS
  • Loading...

वाम एकताको लागि वामदेवको दौडधुप

  • गोल्डेन खबर
  • २ साल अघि
  • ११५ पटक पढिएको
वाम एकताको लागि वामदेवको दौडधुप


काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतम वाम एकताको लागि दौडधुप गर्न थाल्नुभएको छ । आफूले फेरि वाम एकताको प्रयास गर्ने मंगलबार नेकपा (एकता राष्ट्रिय अभियान) दल समेत घोषणा गर्नुभएका गौतमले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

कम्युनिष्ट एकता गराएरै छाड्ने अठोट लिनुभएको प्रभावशाली नेता गौतमले बिहान एमाले अध्यक्ष ओलीसँग उहाँकै निवास बालकोटमा भेटवार्ता गर्नुभएको हो । बालकोटमा ओली र गौतमबीच २ घण्टा छलफल गर्नुभएको थियो । गौतम बालकोटबाट निस्किएको १ घण्टापछि दिउँसो माओवादी अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो ।

राष्टियसभा सदस्य समेत रहनुभएका गौतमले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्तामा ‘कम्युनिष्ट एक हुनुपर्यो’ भन्दै एउटै प्रस्ताव राख्नुभएको स्रोतले बताएको छ ।

स्रोतका अनेसार नेता गौतमले ओलीलाई ठूलो दलको अध्यक्षको हैसियतमा कम्युनिष्ट पार्टीबीचको एकताको पहल लिन लिखित निर्णय नै सुनाउनु भएको छ । एमाले अध्यक्ष ओलीले गौतमको सुझाव ध्यान दिएर सुने कुनै प्रतिक्रिया नदिएर मौन बसेको स्रोतको भनाई छ ।

‘कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी हाम्रो पार्टीले गरेका निर्णयबारे मैले उहाँलाई जानकारी गराएँ । तर ओलीजीले त्यसबारे कुनै प्रतिक्रिया दिनुभएन, उहाँ ले मेरो कुरा ध्यान दिएर सुन्नुभयो । मैले हाम्रो निर्णयहरु बुझाएको छु’ ओलीसँगको भेटबारे गौतमले भन्नुभयो ।

गौतमले माओवादी अध्यक्ष दाहालसँग पनि ‘कम्युनिष्ट घटकबीचको एकताका लागि तपाईँले प्रयत्न गर्नुपर्‍यो’ भन्ने प्रस्ताव गरेको जानकारी दिनुभएको छ । गौतमले आउँदो संघ तथा प्रदेशसभा निर्वाचनसम्म सकेसम्म एकता नभए एउटै मोर्चा बनाएर जानुपर्ने विकल्प अघि सार्नुभएको स्रोतको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित