FLASH NEWS
  • Loading...

कांग्रेस उपसभापति गुरुङको गाडी दुर्घटना, भने-धन्न बाँचेँ

  • गोल्डेन खबर
  • २ साल अघि
  • १०२ पटक पढिएको
कांग्रेस उपसभापति गुरुङको गाडी दुर्घटना, भने-धन्न बाँचेँ


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । उपसभापति गुरुङ सवार रहेको बा १९ च १८३९ नम्बरको गाडी बिहीबार बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो ।

उपसभापति गुरुङले आफू चढेको गाडी ठूलो दुर्घटनामा परेको तर जोगिन सफल भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ। उपसभापति गुरुङले सामाजिक सञ्जालमा आफू चढेको गाडी सडक किनारबाट थोरै तल झरेको तर अगाडि ढुंगाको ओट लागेकाले संभावित दुर्घटनाबाट बचेको उल्लेख गर्नुभएको छ ।

उपसभापति गुरुङका अनुसार उहाँ ओखलढुंगाबाट फर्किँर्दा दुर्घटनामा पर्नुभएको हो । उपसभापति गुरुङसँग गाडीमा रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत ५ जना सवार थिए । दुर्घटनामा पाँचै जना जोगिन सफल भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित