FLASH NEWS
- Loading...
लुम्बिनी प्रदेश राज्यमन्त्री वलीद्वारा राजीनामा
- गोल्डेन खबर
- २ साल अघि
- ११७ पटक पढिएको
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन्।
उहाँको राजीनामा स्वीकृत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए। गएको जेठमा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि छानबिन गर्न सरकारले समिति बनाएको थियो।
यहीबीच वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। गाडी दुर्घटनामा पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमला दाङ क्षेत्र नम्बर ३ ९ख०० मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस