FLASH NEWS
  • Loading...

धान आयात प्रतिस्थापन गर्ने योजना छ : प्रधानमन्त्री

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९५ पटक पढिएको
धान आयात प्रतिस्थापन गर्ने योजना छ : प्रधानमन्त्री


काठमाडौं । सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १९ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै सरकारको योजनाबारे जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा ‘सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातको विकास तथा उपयोग बढाउने रणनीति समेत लिएको’ उल्लेख गरिएको छ ।

‘परापूर्वकालदेखि नै नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको धान तथा धान खेती नेपाली समाजको अभिन्न जीवन पद्धतिको रूपमा रहेको छु शुभकामनामा भनिएको छ ( अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतको रूपमा रहेको धान बालीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनुका साथै खाद्य सुरक्षाको दृष्टिले समेत सर्वोपरि स्थान ओगटे छ ।’

प्रधानमन्त्रीले शुभकामनामा नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको समेत स्मरण गराउनुभएको छ। ‘हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी गरिसकिएको छु’ शुभकामना लेखिएको छ – भोकमरीको अन्त्य गर्नेलगायतका दिगो विकासका लक्ष्य प्राप्ति गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धतासमेत रहेको छ ।मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको चामलका निम्ति बर्सेनि ठूलो धनराशि खर्चिनु परेको वर्तमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजना कार्यान्वयनमा ल्याएको छ।’

प्रधानमन्त्रीको शुभकामनामा ‘सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवर्द्धन लगायतका विषयमा सरकारले काम गर्दै आएको’ समेत उल्लेख गरिएको छ ।

‘यस वर्ष जैविक विविधता वर्ष मनाउने घोषणासमेत नेपाल सरकारबाट भइसकेको छ।तराई, पहाड र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातको संरक्षण,सम्वर्द्धन र प्रवर्द्धनमार्फत नेपालमा धान चामलको उत्पादनमा वृद्धि भई धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छन्’ शुभकामना उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित