FLASH NEWS
  • Loading...

आज दहीच्युरा खाँदै, राष्ट्रिय धान दिवस मनाइँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ९८ पटक पढिएको
आज दहीच्युरा खाँदै, राष्ट्रिय धान दिवस मनाइँदै


काठमाडौं। आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । १९ औं राष्ट्रिय धान दिवस रोपाइँ गरेर मनाइँदै छ ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको कृषि मन्त्रालयले जनाएको छ । धान दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

२०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । २०६१ साल विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्यो । त्यसप ि२०६१ मंसिर २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

असार १५ मा असारे भाका गाउँदै धान रोप्ने चलन छ ।

आज दहीच्युरा खाने दिन
नेपाली समाजमा असार १५ गते दहीच्युरा खाने चलन छ । आज सबै पेशामा रहेकाहरुले दहीच्युरा खाएर खुशीसाटासाट गर्छन् । सरकारीसहित विभिन्न कार्यालयमा दहीच्युरा खुवाउने गरिन्छ ।

दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित