FLASH NEWS
  • Loading...

अविरल वर्षाले पोखराको हेम्जामा ३ सय घर डुबानमा

  • गोल्डेन खबर
  • २ साल अघि
  • १११ पटक पढिएको
अविरल वर्षाले पोखराको हेम्जामा ३ सय घर डुबानमा

काठमाडौं । अविरल वर्षाका कारण पोखराको उत्तरपश्चिमस्थित हेम्जामा ३ सय भन्दा बढी घर डुबानमा परेको छ । महानगरको वडा नम्बर २५, सुइखेतस्थित चौरासी नहर फुट्दा बाढी बस्तीमा पसेर डुबान भएको हो ।

नहर फुट्दा सुन्दरीचोक र म्याग्दीचोकका घरहरु डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । वडाध्यक्ष तिमिल्सिनाका अनुसार बाढीले लक्ष्मी विक र रविना परियारको घर क्षतिग्रस्त भएको छ । अन्य १५ घर जोखिममा परेका छन् । डुबानबाट ५ सय मानिस प्रभावित भएको तिमिल्सिनाले बताउनु भयो ।

वडाध्यक्ष तिमिल्सिनाका अनुसार बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय वासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए । ‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्ु उहाँले भन्नुभयो ( पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्‍याएको छ। शुक्रबार राति सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकामा आश्रय लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित