FLASH NEWS
- Loading...
प्रचण्ड इमान्दार नहुँदा नेकपा टिकेन : ओली
- गोल्डेन खबर
- २ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा नटिकेको भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताएका हुन् ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुस्खका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे । पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निस्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो।
प्रतिक्रिया दिनुहोस