- Loading...
ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन
- गोल्डेन खबर
- ७ साल अघि
- ११० पटक पढिएको
काठमाडौँ, १८ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
आज महाशाखामा पद बहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न महाशाखामा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
लामाले ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल बन्दै गएको भन्दै यसलाई रोक्न सबै पक्षसँग आग्रहसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकामा अत्याधिक धुलोका कारण दैनिक धेरै ट्राफिक बिरामी परेकाले शतप्रतिशत धुलो छेक्ने मास्कको व्यवस्था गरिनेछ ।” उहाँले ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन अहिले उत्पन्न समस्यालाई हटाउन प्रयत्न गर्ने बताउनुभयो ।
लामाले भौतिक पूर्वाधारको अभावले कतिपय ट्राफिकको बसोबास राम्रो नभएको भन्दै भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने बताउनुभयो । रासस