- Loading...
प्रचण्डको कारण शपथ रोकियो : सांसद चौधरी
- गोल्डेन खबर
- २ साल अघि
- ९६ पटक पढिएको
काठमाडौं । नेकपा एकीकृत समाजावादीका नेता मेटमणि चौधरीले मन्त्री हेरफेर रोक्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभा सदस्य चौधरीलाई एकीकृत समाजवादीले शहरी विकासमन्त्रीको लागि प्रस्ताव गरेको छ । गएको जेठ २२ गते पाटीैले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन नहुनुमा प्रधानमन्त्री शेरबहादुर देउवाको कमजोरी र माओवादी अध्यक्ष दाहालको भूमिका रहेको चौधरीको भनाई छ ।
ुमन्त्री फेर्न एकीकृत समाजावादीले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन, निर्णय कायान्वयन नहुनुमा प्रधानमन्त्रीको कमजोरी त छँदैछ, त्यसमा प्रचण्डको पनि भूमिका छु शुक्रबार एकीकृत समाजावादीको पोलिटब्यूरो बैठकमा सहभागी हुनेक्रममा चौधरीले संचारकर्मीहरुसँग भन्नुभयो( समाजवादीले मन्त्री फेर्दा प्रचण्डलाई अलि अप्यारो हुने अवस्था छ । उहाँको पार्टीमा पनि मन्त्री फेर्न दबाब भइरहेको छ । त्यही भएर उहाँ अहिले हाम्रो शपथ रोक्न लाग्नु भएको छ ।ु
सांसद चौधरीले पार्टीको निर्णय कार्यान्वयन नहुने हो भने गठबन्धनमा बस्नुको औचित्य नहुने बताउनु बताउनु भयो ।