FLASH NEWS
  • Loading...

कार्यदलसँगै अनसनको पनि म्याद थप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail

काठमाडौं १८ फागुन- साँखुबासीले शंखरापुरलाई छुट्टै नगरपालिका बनाउनु माग गर्दै साताअघिबाट थालिएको रिले अनसन बुधवार पनि जारी छ । सरकारले स्थानीय तह पर्ुन संरचना आयोगको प्रतिवेदन सच्याउने आधार तयार पार्न गठित मन्त्री स्तरीय कार्य दलको म्याद तीन दिनको थपेको छ । कार्य दलको म्याद थपे लगत्तै शंखरापुरबासीले अनसन लम्ब्याएका छन् ।  उनीहरुकाे अनसन बुधवार पनि जारी रह्याे । अनसनमा विभिन्न दलले समर्थन जनाउने करम  जारी छ । अनसनमा  स‌घीय समाजवादीका राजेन्द श्रेष्ठदेखि सांसद तथा एमाले नेता रामेश्वर फुयालदेखि नेपाली कांगेसका सांसद दीपक कुइकेलले समर्थन गरिसकेका छन् ।
शंखरापुरबासी आयोगको प्रतिवेदन र्सार्वजनिक भएदेखि आन्दोलित छन् । उनीहरुले आयोगको प्रतिवेदन सच्याएर शंखरापुरलाई छुट्टै नगरपालिका बनाउन माग गर्दै विभिन्न दलका शिर्षनेताहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए । ज्ञापनपत्रपछि माग सुनुवाई नभएपछि उनीहरु अनसनमा उत्रिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित